धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता, एमाले पछ्याउँदै

जेब्रा चिह्नमा चुनाव लडेका बस्नेतले ११०० मतगणना हुँदा ४९४ मत पाएका छन्।

नेपालभ्युज

धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता, एमाले पछ्याउँदै

काठमाडौं। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता बनाएका छन्।

जेब्रा चिह्नमा चुनाव लडेका उनले ११०० मतगणना हुँदा ४९४ मत पाएका छन्। उनलाई नेकपा एमालेका अशोककुमार ब्याञ्जुले ३९७ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले ५०२ र एमालेका उम्मेदवारले ४१३ मत पाएका छन्।

मेयरका स्वतन्त्र उम्मेदवार बस्नेत कांग्रेसी हुन्। उनले गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवारले निकै कम मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved