रेसुङ्गा २ मा कांग्रेसको प्यानलै विजयी

रेसुङ्गाको मेयरमा पनि कांग्रेसले अग्रता बनाएको छ।

नेपालभ्युज

रेसुङ्गा २ मा कांग्रेसको प्यानलै विजयी

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाको २ नम्बर वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।

उक्त वडामा कांग्रेसका हिराबहादुर थापाको प्यानलै विजयी भएको हो। थापाले ४८२ मत प्राप्त गरे।

रेसुङ्गाको मेयरमा पनि कांग्रेसले अग्रता बनाएको छ। पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका खिलध्वज पन्थी १८२९ मतसहित अगाडि छन्।

उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३६५ मतसहित पछ्याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved