मर्करी मेनाका नेपाली कामदारलाई बक्यौता रकम बुझ्न कतार सरकारको आग्रह

नेपालभ्युज

मर्करी मेनाका नेपाली कामदारलाई बक्यौता रकम बुझ्न कतार सरकारको आग्रह

काठमाडौं। कतारस्थित मर्करी मेना कम्पनीमा काम गरेका नेपाली कामदारलाई बक्यौता रकम बुझ्न कतार सरकारले आग्रह गरेको छ।

मर्करी कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरेको हो ।

रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परीचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट आवश्यक पर्नेछ। नेपाल सरकार वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गरेर पनि यसबारे जानकारी लिन सकिनेछ।

गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाई पनि सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरिएको छ। गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved