काठमाडौं र ललितपुरमा आज रातिदेखि मदिरा बिक्रीमा रोक

प्रशासनले आजदेखि ३० वैशाखसम्म मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।

नेपालभ्युज

काठमाडौं र ललितपुरमा आज रातिदेखि मदिरा बिक्रीमा रोक
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा आज रातिदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको छ।

मौन अवधि शुरु भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर दुवै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेका हुन्।

मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि ३० वैशाखसम्म मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved