मलेसियामा दुई हजार बढीमा काेराेना संक्रमण, चार जनाको मृत्यु

नेपालभ्युज

मलेसियामा दुई हजार बढीमा काेराेना संक्रमण, चार जनाको मृत्यु

क्वाललम्पुर। मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन्। त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन्।

मलेसियामा अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएका छन्। २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ। सक्रिय संक्रमितमध्ये थोरै जनामा मात्र काेराेना भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved