गठबन्धनको आवश्यकता सबैभन्दा बढी कांग्रेसलाई थियो : देउवा

नेपालभ्युज

गठबन्धनको आवश्यकता सबैभन्दा बढी कांग्रेसलाई थियो : देउवा

पोखरा। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता सबैभन्दा बढी आफ्नो दललाई रहेको बताएका छन्। गठबन्धन राष्ट्रिय आवश्यकतासमेत भएको बताउँदै उनले शंका नगर्न आग्रह गरे।

पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताए।

उनले भने, “गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ।” गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेको उनले बताए।

गठनबन्धनले छ महानगरमध्ये तीनओटा महानगरको नेतृत्व कांग्रेसलाई बताउँदै उनले महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन आग्रह गरे। गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दललेभन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved