स्रोत नखुलेको ८ लाख रुपैयाँसहित भारतीय महिला पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित भारतीय महिला पक्राउ

मोरङ। स्रोत नखुलेको भारतीय रकमसहित एक महिला पक्राउ परेकी छिन्।

विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत घर भएकी ३० वर्षीय मुन्नीदेवी सहनीलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट ८ लाख भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको टोलीले पक्राउ गरेको हाे।

उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved