सुकुम्बासीमुक्त शहर निर्माण गर्छौँ : डिला सङ्ग्रौला

सङ्ग्रौलाले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त शहर निर्माण गर्ने विश्वास दिलाइन्।

नेपालभ्युज

सुकुम्बासीमुक्त शहर निर्माण गर्छौँ : डिला सङ्ग्रौला

मोरङ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले विकासको सम्वाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताएकी छन्।

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त शहर निर्माण गर्ने विश्वास दिलाइन्।

महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर शहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

विराटनगनर–११ का वडाध्यक्ष उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए। केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमासभामा परिणत भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved