प्रहरीको सुरक्षामा उठाइँदै काठमाडौंको फोहोर

महानगरको वातावरण तथा कृषि विभागले फोहोर ढुवानीमा भएको समस्या गृह मन्त्रालयलाई जानकारी गराएपछि आजदेखि प्रहरीको सुरक्षामा फोहोर उठ्न लागेको हो।

नेपालभ्युज

प्रहरीको सुरक्षामा उठाइँदै काठमाडौंको फोहोर

काठमाडौं। काठमाडौं उपत्यकामा केही समयदेखि उठ्न नसकेको फोहोर आज (शनिबार)देखि उठाइने भएको छ।

काममाडौं महानगरको वातावरण तथा कृषि विभागका अनुसार सुरक्षा निकायको सहयोग लिएर आजबाट फोहोर उठाउन लागिएको हो।

पछिल्लोपटक ११ वैशाखदेखि काठमाडौंको फोहोर उठेको थिएन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयले सडक निर्माणको माग राखेर फोहोर फाल्न दिएका थिएनन्।

महानगरको वातावरण तथा कृषि विभागले फोहोर ढुवानीमा भएको समस्या गृह मन्त्रालयलाई जानकारी गराएपछि आजदेखि प्रहरीको सुरक्षामा फोहोर उठ्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved