निधिले जनकपुरको चुनावी सभा बहिष्कार गर्ने, समितिमा नामै राखिएन

नेपालभ्युज

निधिले जनकपुरको चुनावी सभा बहिष्कार गर्ने, समितिमा नामै राखिएन

जनकपुरधाम। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाउँदै जनकपुरमा हुने चुनावी सभा बहिष्कार गर्ने जनाएका छन्।

शीर्ष तहका नेताहरू देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले सार्वजनिक गरेको सूचीमा आफ्नो नामा नाम भएकाले पर्सि शनिबार २४ वैशाखमा धनुषामा हुने चुनावी सभा उनले बहिष्कार गर्ने भएका हुन्।

धनुषा कांग्रेस उपसभापति गणेश झाले भने, “पर्सि धनुषामा चुनावी सभा छ। विमलेन्द्र दाइ आउनुहुन्न। पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, फलानो फलानो लगायतका नेता लेखेर कहाँ हुन्छ ?”

परिचालन समितिले बनाएको सूचीमा सभामा सहभागी हुनेमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ।

निधिले ‘लगायतका अन्य वक्ताहरू’ भन्ने शब्दावलीमा असन्तुष्टि जनाएका छन्। उपसभापति भइसकेको व्यक्ति निधिको पनि नाम उल्लेख हुनुपर्ने झाले बताए। “जिल्लाका अरू कार्यक्रममा उहाँ धनुषामै हुनुहुन्छ”, उनले भने, “अरू अरू कार्यक्रममा जानुहुन्छ। सभामा दाइ जानुहुन्न।”

नेताहरूकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरूको आपत्ति रहेको उनले बताए। चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरूको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफलसमेत नगरेको झाले दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved