कांग्रेसले घोषणापत्रमा आफ्ना सभापतिको भन्दा धेरै मेरो नाम लेखेको छ : केपी

नेपालभ्युज

कांग्रेसले घोषणापत्रमा आफ्ना सभापतिको भन्दा धेरै मेरो नाम लेखेको छ : केपी

धनगढी। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन बाँडीचुँडी खान मात्रै बनेको बताएका छन्।

कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “यो गठबन्धन कुनै विकास गर्नको लागि होइन”, उनले भने, “सत्तामा पुगपछि आफ्ना नातागोताको उद्धार गर्ने र बाँडीचुँडी खानलाई बनेको हो।”

उनले भने, “यो गठबन्धन जनताको आदेशबाट नभएर अदालतको आदेशबाट बनेको हो, सबैले जानुपर्ने छ। परमादेशी सरकार संसदीय प्रणालीविपरीत हो।” उनले यस स्थानीय तहको निर्वाचनले यो सरकारलाई बिदाइको सन्देश दिनुपर्ने बताए।

“आज अरु पार्टी एकातिर गठबन्धन अर्कोतिर भएको छ, एमाले विकासका लागि जन्मिएको पार्टी हो।” उनले गठबन्धन सरकार नातागोता व्यवस्थापन गर्न बनेको बताए। यस्तै देशमा विकास निमार्णमा एमालले फड्को मारेको बताए।

अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य बोकेर बनेको पार्टी भएको बताए। कांग्रेसको घोषणा पत्रमा धरहरा बनाएको उल्लेख गरेको भन्दै यसको विरोध गरे। “औद्योगिक क्षेत्रको विकास गरेको, कृषिका कार्यक्रम ल्याएको छ। कांग्रेसको घोषणा पत्रमा आफ्ना सभापतिको नाम ८ ठाउँ र मेरो नाम ४२ ठाउँमा लेखेको छ,” उनले भने।

एमालेले उत्तरतिरका बाटा विस्तार गरेको र गुमेको भूभाग फिर्ता ल्याएको त्यस्त‌ै संविधान संशोधन गरेको पनि उनले बताए। हुलाकी राजमार्ग बनाउन एमाले चाहेको बताएका उनले पूर्वपश्चिम राजमार्ग चौडा गर्न पनि एमाले चाहिएको भनाइ राखे।

एमालेले सामाजिक सद्भाव कायम गर्न चाहे पनि अन्य दलले सद्भाव भड्काउन खोजेको उनको आरोप थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved