आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सकियो

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ सकिएको हो। अब केही बेरमा उक्त रिटमाथि आदेश आउने छ।

नेपालभ्युज

आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सकियो
फाइल तस्वीर

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। बुधबार शुरु भएको सुनुवाइ नसकिएपछि मुद्दालाई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ सकिएको हो। अब केही बेरमा उक्त रिटमाथि आदेश आउने छ।

रिटमाथि सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले बहस गरेका थिए।

एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियर एआईजी (धीरजप्रताप सिंह) लाई आईजीपी बनाएको भन्दै दायर गरेको रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको हो।

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गरेका छन्।

महान्यायाधिवक्ता खातीले त चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरीलाई नेतृत्वविहीन बनाउन नहुने जिकिरसमेत गरेका छन्।

पोखरेल पक्षका कानून व्यवसायीले भने सरकारको निर्णय खारेज गरेर पोखरेललाई आईजीपी बढुवाका लागि आदेश दिन माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved