आजको मौसम पूर्वानुमान – पहाडी भूभागमा वर्षाको सम्भावना

नेपालभ्युज

आजको मौसम पूर्वानुमान – पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं। मंगलबार पनि पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावको मंगलबार पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहान प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ।

बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved