भारतमा तीन हजार कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

नेपालभ्युज

भारतमा तीन हजार कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा थप तीन हजार कोरोना संक्रमित थपिएका छन्। न्यून बिन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण दर भारतमा फेरि बढ्न थालेको हो। २४ घण्टाको अवधिमा संक्रमितको संख्या तीन हजार नाघेको यो निरन्तर पाँचौँ दिन हो।

नयाँ संक्रमितमध्ये ४७ प्रतिशत संक्रमण दिल्लीमा ४७ प्रतिशत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। राजधानी दिल्लीमा सक्रिय संक्रमितको संख्या पाँच हजार ९९७ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ५०० रहेको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण २६ जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved