एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र दैलेख उपसचिव एमाले प्रवेश

एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनीहरु एमालेमै फर्किएका हुन्।

एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र दैलेख उपसचिव एमाले प्रवेश

सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का सल्यान जिल्ला उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन्।

एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनीहरु एमालेमै फर्किएका हुन्।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरुले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन्। जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियु जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेका छन्।

पार्टी त्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी अनेरास्ववियु जिल्ला अध्यक्ष नीरज सिंहसहित जिल्ला सदस्य इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मिया, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउले अन्य रहेका छन्।

दैलेखमा उपसचिव लामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रवीन्द्रप्रसाद पाण्डे, अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved