चुनावले बढायो मासु र अण्डाको बिक्री

चुनावले बढायो मासु र अण्डाको बिक्री

चितवन। आसन्न स्थानीय तहको निर्वाचनले अण्डा र मासुको माग बढेको छ। चुनावले बजार चलायमान भएपछि कुखुराजन्य उत्पादनको माग बढ्न थालेको हो। मुख्यरूपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन्।

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलले अण्डा र मासुको माग बढेको बताए। बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो। अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ।

बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन्। अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट तीन सय ३० रुपैयाँमा बिक्री हुँदै आएको अण्डा आजदेखि तीन सय ८० रुपैयाँमा बिक्री हुन थालेको बताए।

अण्डा दिएपछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो एक सय १० रुपैयाँबाट एक सय ५० रुपैयाँ पुगेको छ। बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन्। बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो। माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved