हेटौंडामा ओलीले आमसभालाई सम्बोधन गर्ने

नेपालभ्युज

हेटौंडामा ओलीले आमसभालाई सम्बोधन गर्ने

मकवानपुर।  नेकपा एमालेको अध्यक्ष केपी ओलीले आइतबार हेटौंडामा आमसभालाई सम्बोधन गर्ने भएका छन्। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमाले मकवानपुरले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा आउने भएका हुन्।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरि हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए।

आमसभामा १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरु सहित ४० हजार भन्दा बढीको सहभागिता रहने एमालेको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved