पर्वतमा ९७ जनाले फिर्ता लिए उम्मेदवारी, ८६० कायम

नेपालभ्युज

पर्वतमा ९७ जनाले फिर्ता लिए उम्मेदवारी, ८६० कायम

पर्वत। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये पर्वतमा ९७ जनाले फिर्ता लिएका छन्। जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ९७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

फिर्ता लिनेमा छ जना प्रमुखका उम्मेदवार, दुईजना उपप्रमुख, २५ जना वडाध्यक्ष, १२ जना महिला वडा सदस्य, नौ दलित महिला सदस्य र ४३ जना खुला सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन्।

जिल्लाको कुश्मा नगरपालिकाबाट २४, फलेवासबाट २९, मोदी गाउँपालिकाबाट छ, जलजलाबाट पाँच, विहादीबाट २३, पैँयुबाट चार र महाशिलाबाट छ जनाले उम्मेदारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए।

११ र १२ गते दर्ता भएका ९५७ मध्ये ९७ जनाले फिर्ता लिएपछि जिल्लाभर ८६० जनाको उम्मेदवारी कायम भएको शर्माले जानकारी दिए। उनका अनुसार प्रमुख वा अध्यक्षमा ४१, उपप्रमुखमा २६, वडाध्यक्षमा १९० जनाको उम्मेदवारी कायम भएको छ।

त्यसैगरी महिला वडा सदस्यमा १४१, दलित महिला वडा सदस्यमा १३८ र खुला सदस्यमा ३२४ जनाको उम्मेदवारी कायम भएको छ। पालिकाअनुसार हेर्दा कुश्मा नगरपालिकामा २०१, मोदी गाउँपालिकामा ११९, जलजला गाउँपालिकामा १३३, फलेवास नगरपालिकामा १५७, विहादी गाउँपालिकामा ७८, पैँयु गाउँपालिकामा १०० र महाशिला गाउँपालिकामा सबैभन्दा थोरै ७२ जनाको उम्मेदवारी कायम भएको छ।

सात पालिका र ६१ वडा रहेको पर्वतमा ३१९ जना जनप्रतिनिधि चुनिनेछन्। तीमध्ये दुईजना महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले शुक्रबार साँझ नै अन्तिम नामावली प्रकाशन गरेको हो। कुश्मा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका गंगाधर पौडेल र बाबुराम केसीले फिर्ता लिएका छन्। दुवै जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved