अलमुताइरीले नयाँ खेलाडी थपेर दिन थाले प्रशिक्षण (तस्वीरहरू)

नेपालभ्युज

अलमुताइरीले नयाँ खेलाडी थपेर दिन थाले प्रशिक्षण (तस्वीरहरू)

काठमाडौं। नेपाली फुटबल टिमका कप्तान रोहित चन्दसँगै दश सिनियर खेलाडीले विवादका कारण टिम छाडेपछि प्रशिक्षक अबदुल्ला अलमुताइरीले नयाँ खेलाडी थपेर प्रशिक्षण दिन थालेका छन्।

एशियन कप छनोट तयारीमा राष्ट्रिय टिमको बन्द प्रशिक्षण दौरान बस्नको लागि होस्टलको साटो होटलको सुविधा माग्दा हालका कप्तान चन्दसँगै १० खेलाडीलाई अलमुताइरीले टिमबाट निष्काशन गरेका थिए। त्यसपछि अलमुताइरीले बी र सी डिभिजन क्लबका जुनियर खेलाडीहरूलाई समावेश गरेर शुक्रबारदेखि टिमको प्रशिक्षण शुरु गरेका छन्।

टिममा थपिएका नयाँ खेलाडीको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक धारणा आएको छैन।  टिमबाट निस्किएका खेलाडीहरूले यस विषयबारे छानबिन गरी अलमुताइरीमाथि कारबाहीको माग राखेका छन्।

नयाँ खेलाडीलाई समेटेर अलमुताइरीले थालेको प्रशिक्षणका तस्वीरहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved