सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

नेपालभ्युज

सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन्। चुनावी तालमेत अनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ।

माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन्।

माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए।

नगरपालिकाको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा २, ४, ५ र ७ नम्बर वडा एकीकृत समाजवादीको भागमा परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved