मोरङबाट दुई नक्कली चिकित्सक पक्राउ

मोरङको पथरीशनिश्चरेमा रहेका दुई क्लिनिकबाट प्रहरीले दुई जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ।

नेपालभ्युज

मोरङबाट दुई नक्कली चिकित्सक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। मोरङको पथरीशनिश्चरेमा रहेका दुई क्लिनिकबाट प्रहरीले दुई जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ। पथरीशनिश्चरेस्थित श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र मोरङको सुन्दरहरैंचा–३ मा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालन भारतको दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुसँग चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमणपत्र पाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved