गभर्नरलाई पदमा बहाल गर्न दिएको अन्तरिम आदेश कायमै हुने वा नहुने आज निर्णय हुने

दुवै पक्षबीच छलफल गराएपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा आज निर्णय हुनेछ।

नेपालभ्युज

गभर्नरलाई पदमा बहाल गर्न दिएको अन्तरिम आदेश कायमै हुने वा नहुने आज निर्णय हुने

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ। आफूलाई हटाएपछि सरकारले थालेको छानबिन रोक्न माग गर्दै उनले रिट हालेका थिए।

२४ चैतमा सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो।

त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए। सर्वोच्चले अन्तरिम आदेशमार्फत उनलाई पद बहाल गरिसकेको छ।

चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गतेका लागि छलफलमा बोलाएको थियो।

दुवै पक्षबीच छलफल गराएपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा आज निर्णय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved