सुर्खेतको वीरेन्द्रनगर प्रमुखमा एमालेकी मोहनमायाले गरिन् उम्मेदवारी दर्ता

ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख हुन् भने खनाल वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष हुन्।

नेपालभ्युज

सुर्खेतको वीरेन्द्रनगर प्रमुखमा एमालेकी मोहनमायाले गरिन् उम्मेदवारी दर्ता

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीले उम्मेदवारी दिएकी हुन्।

एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन्। उनीहरु एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख हुन् भने खनाल वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved