एमाले त्यागेर माओवादी बनेकै दिन झाले पाए मेयरको टिकट

महोत्तरीको मनरा शिसवा नगरपालिकामा मेयरका लागि एमालेले टिकट नदिएपछि झा आजै माओवादी केन्द्रमा प्रवेश गरेका र टिकट पाएका हुन्।

एमाले त्यागेर माओवादी बनेकै दिन झाले पाए मेयरको टिकट

जनकपुरधाम। आश्वासन दिएर मेयरको टिकट नदिएपछि नेकपा एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका कुन्दन झाले मेयरको टिकट पाएका छन्।

महोत्तरीको मनरा शिसवा नगरपालिकामा मेयरका लागि एमालेले टिकट नदिएपछि झा आजै माओवादी केन्द्रमा प्रवेश गरेका र टिकट पाएका हुन्।

झा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य तथा युवा संघको महोत्तरी जिल्ला इन्चार्ज पनि थिए। झालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी प्रवेश गराएका हुन्।

माओवादीले मनरा सिसवा नगरपालिकाबाट झालाई मेयरको टिकट दिएको छ। सर्वसम्मत रुपमा उनलाई मेयरको टिकट दिने निर्णय भएको नेता शर्माले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved