एउटै वडामा कांग्रेसबाट दुई जनालाई टिकट

नेपालभ्युज

एउटै वडामा कांग्रेसबाट दुई जनालाई टिकट

हेटौँडा। हेटौँडामा स्थानीय तहको निर्वाचनमा आज उम्मेदवारी दर्ता गर्न नेपाली कांग्रेसबाट दुई जनाले एकै ठाउँबाट वडाअध्यक्ष पदका लागि टिकट पाएका छन्।

हेटौँडा वडा नम्बर २ मा वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन्। बागमती प्रदेशका कांग्रेस महामन्त्री कञ्चनचन्द्र बादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका छन्।

महर्जनले आजै निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा रहेका छन्। स्रोतका अनुसार दुवै जनालाई संस्थापनभित्रकै दुई पक्षले आफूनिकटलाई टिकट उपलब्ध गराएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved