बुटवलमा तोडियो गठबन्धन, जसपाले छुट्टै गर्‍यो उम्मेदवारी दर्ता

नेपालभ्युज

बुटवलमा तोडियो गठबन्धन, जसपाले छुट्टै गर्‍यो उम्मेदवारी दर्ता

बुटवल। रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ५ दलीय गठबन्धन तोडिएको छ। गठबन्धनको नेपाली कांग्रेसलाई मेयर र लाई उपमेयर दिने निर्णयबाट असन्तुष्ट जसपाले गठबन्धन तोडेर आफ्नै उम्मेदवार अघि सारेको हो।

गठबन्धनमा बुटवल उपमहानगरपालिकामा मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि जसपाले असन्तुष्टि जनाएको थियो।

असन्तुष्टि जसपाले आइतबार निर्वाचन आयोगमा पुगी मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको छ। मेयर पदका लागि सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उमेद्वारी दर्ता गराएको बुटवल निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।

वडाअध्यक्ष र सदस्यहरूको सोमबार उम्मेदवारी दर्ता गराइने जसपा नगर इन्चार्ज हिताङले बताए।

जसपाले गठबन्धनभित्र आफूहरूको सम्मानजनक उपस्थिति नभएको भन्दै लुम्बिनी प्रदेशभरी नै एकल रूपमा निर्वाचनमा जाने तयारी गरेको हो। लामो समय सहमतिका लागि छलफल तथा प्रयास गर्दा पनि सहमति नजुटेपछि अन्तिममा एक्लै चुनाव लड्ने निर्णय गरेको जसपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह ईन्चार्ज कमल खनालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved