‘जनताको मन छुनेगरी घोषणापत्र बनाउन सके ५१ प्रतिशतको कांग्रेस बनाउन सकिन्छ’

नेपालभ्युज

‘जनताको मन छुनेगरी घोषणापत्र बनाउन सके ५१ प्रतिशतको कांग्रेस बनाउन सकिन्छ’
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताएका छन्।

बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाइहरूको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा उपसभापति गुरुङले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सके नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताए।

भने, “कुनैपनि बाटोको ढोका बन्द गरेर पार्टीभित्र, आज पार्टी बाहिर त हामी वार्ता गरिरहेका छौँ भने पार्टी भित्र हामीले ढोका बन्द गरेर अघि बढ्न सकिदैन। निश्चित रुपमा हाम्रो एउटा परिवार हो। कांग्रेस एउटा घर हो र घर भित्रको हामी परिवार हौँ। परिवार भित्र कहिलेकाहीँ ठाकठुक पनि हुन्छ। घोचपेच पनि हुन्छ। कहिलेकाहीँ सम्वाद, वादविवाद हुन्छ। वादविवाद र सम्वाद बाट हामी समाधान खोज्ने प्रयत्न गरिरहेका छौँ। त्यसकारणले गर्दाखेरी म निवेदन गर्न चाहान्छु, आउने निर्वाचनमा कांग्रेसलाई जिताउनको लागि हामीले भरमग्दुर प्रयास गर्नु आवश्यक छ।”

उनले नेपाली कांग्रेसको वैचारिक धरातललाई छोडेर प्राविधिक रुपमा मात्रै अगाडी बढेमा दुर्घटना निम्तिन सक्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved