धरान उपमहानगरपालिकामा एमालेले सिफारिस गर्‍यो उम्मेदवार

नेपालभ्युज

धरान उपमहानगरपालिकामा एमालेले सिफारिस गर्‍यो उम्मेदवार

धरान। धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ।

धरान नगर कमिटीले बहालवाला उपमेयर मञ्जु भण्डारी, मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम मेयरका लागि जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको छ।

यसैगरी उपमेयरका लागि सुशीला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम सिफारिस गरिएको छ।

एमालेले उम्मेदवारको नाम सिफारिस गर्दा यता चुनावी तालमेल गर्ने तयारी गरेका सत्ता साझेदार दलहरूबीच भने सहमति हुन सकेको छैन। साझा उम्मेदवार चयनमा सहमति हुन नसक्दा दलहरूले छुट्टाछुट्टै नाम सिफारिस गर्ने तयारी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved