बेलायती प्रधानमन्त्री जोनसन भारतको भ्रमण गर्दै

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसैसाता भारतको भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् ।

नेपालभ्युज

बेलायती प्रधानमन्त्री जोनसन भारतको भ्रमण गर्दै

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यसैसाता भारतको भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री जोनसनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। भेटका अवसरमा रक्षा र व्यापारलगायतका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री जोनसन बिहीबार पाँचौं ठूलो राज्य गुजरात पुग्नेछन्। गुजरातमा उनले बेलायत र भारतका प्रमुख उद्योगहरूमा ठूलो लगानीको साथै विज्ञान, स्वास्थ्य र प्रविधिमा नयाँ सहकार्यको घोषणा गर्ने अनुमान गरिएको छ ।

कोभिडका कारण अघिल्ला भ्रमणहरू स्थगित भएपछि प्रधानमन्त्रीको रूपमा जोन्सनको यो पहिलो भारत भ्रमण हुनेछ। रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतले मस्कोमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई मनाउने प्रयास गरिरहेको छ।
रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन र व्यापार, रक्षा, ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य गर्न गत महिना विदेश मन्त्री लिज ट्रसले भारतको भ्रमण गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved