अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनको क्षतिग्रस्त शहर किभ जाने

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनको क्षतिग्रस्त शहर किभ जाने

रुस-युक्रेन युद्धको बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको क्षतिग्रस्त शहर किभ भ्रमणमा जाने भएका छन्।

ह्वाइट हाउसको उच्चस्तरीय प्रतिनिधिमण्डल युक्रेनलाई समर्थन गर्न कीभ जाने भएका हुन्। साथमा उपराष्ट्रपति कमला ह्यारिस पनि युक्रेन जाने अपेक्षा गरिएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले स्थितिको समीक्षा गर्न अप्रिल ९ मा कीभको भ्रमण गरेका थिए।

यो भ्रमणबाट अमेरिका युक्रेनसँगको युद्धमा आफूलाई देखाउन चाहन्छ। साथै यस अवधिमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग पनि वार्ता हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बाइडेन र कमला ह्यारिसबाहेक अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले पनि कीभ भ्रमण गर्ने सम्भावना छ। यद्यपि यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने नभएको बताइएको छ।

यसअघि अप्रिलमा बेलायत, युरोपेली संघ, अष्ट्रिया, पोल्याण्डका राष्ट्र प्रमुखहरूले पनि युक्रेन भ्रमण गरिसकेका छन्।

युद्धको बीचमा युक्रेनलाई अमेरिकी पक्षबाट निरन्तर सहायता प्रदान भइरहेको छ। हालै अमेरिकाले युक्रेनलाई ८० करोड डलर सहयोग गर्ने घोषणा गरेपछि अमेरिकाको कुल सहयोग ३ अर्ब डलर नाघेको छ।

बाइडेनले यसअघि जनवरी २०१७ मा उपराष्ट्रपतिका रूपमा युक्रेनको भ्रमण गरेका थिए। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले रुस-युक्रेन युद्ध शुरु भएपछि पोल्याण्डको भ्रमण गरेका छन्, जहाँ उनीहरूले पोल्याण्डमा नेटोसँग अमेरिकी सेनासँग भेट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved