गणतन्त्र उल्टाउने षड्यन्त्रविरुद्ध जनताहरू एकजुट भएका छन् : प्रचण्ड

नेपालभ्युज

फाइल तस्वीर

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको बताउँदै त्यसका विरुद्ध जनताहरू एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालय खुमलटारमा आयोजित माओवादी प्रवेश कार्यक्रममा उनले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताए । गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए।

‘‘केही समय पहिले अलिकति कन्फ्युजन थियो, भ्रम थियो माओवादीको बारेमा तर गत साल जतिबेला गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो त्यसका विरुद्ध हामीले संघर्ष गर्‍यौँ र सफलता प्राप्त गर्‍यौँ,” उनले भने, ‘‘यो देशका मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो, यसलाई उल्ट्याउन खोज्ने तत्वविरुद्ध जनता एकजुट हुने प्रक्रियामा अगाडि बढेको मैले महशुश गरेको छु।’’

उनले देशलाई सामाजिक न्यायसहितको समतामूलक बनाउने अभियान माओवादीको रहेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved