ढुक्क हुनुहोस्, राप्रपा नेपालको प्रगतिलाई कुनै शक्तिले रोक्न सक्दैन : कमल थापा

नियोजित र प्रायोजित रुपमा आफूमाथि चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै थापाले सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने दृढता र साहस आफूसङ्ग भएको उल्लेख गरे।

नेपालभ्युज

ढुक्क हुनुहोस्, राप्रपा नेपालको प्रगतिलाई कुनै शक्तिले रोक्न सक्दैन : कमल थापा
फाइल तस्वीर

नवलपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने भन्दै कुनै शक्तिले तेस्तो सपना देखेको भए त्यो दिवास्वप्न हुने बताएका छन्।

आज नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरुद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपालको मार्गचित्र नै सही र मुलुकको हितमा भएको समेत दाबी गरे।

राप्रपा नेपाल युवाहरुको निमित्त खडा भएको पार्टी भन्दै कोही युवाको भविष्य बर्बाद नहुने गरी आफूले राजनीतिक एजेन्डा बोकेको स्पष्ट पारे।

राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप गर्नु नपर्ने भन्दै थापाले मुलुकलाई दुरावस्थामा पुर्याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा युवाहरुले आवाज बुलन्द पार्नुपर्ने बताए।

नियोजित र प्रायोजित रुपमा आफूमाथि चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै थापाले सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने दृढता र साहस आफूसङ्ग भएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्वमाथिको घेराबन्दी र षड्यन्त्रको भण्डाफोर गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved