एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट चुनाव लड्ने

सहमतिपत्रमा हस्ताक्षर गर्ने समयमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल तथा राप्रपा अध्यक्ष कमल थापाको उपस्थिति थियो।

नेपालभ्युज

एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट चुनाव लड्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय चुनावमा गठबन्धन गर्ने गरी पाँच बुँदे सहमति भएको छ।

अब आगामी ३० वैशाखमा हुने निर्वाचनमा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चिन्हबाट उम्मेदवारी दिनेछन्।

उक्त सहमति पत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सहमतिपत्रमा हस्ताक्षर गर्ने समयमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल तथा राप्रपा अध्यक्ष कमल थापाको उपस्थिति थियो।

सहमतिअनुसार एमाले र राप्रपा नेपालबीच तालमेल हुने र देशभर सम्भव भएको ठाउँमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved