‘अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारपन हो’ (भिडिओ)

नेपालभ्युज

‘अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवारपन हो’ (भिडिओ)

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन्। उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्र बैंकले छानबिन गर्न पाउने बताए।

नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरू राष्ट्रबैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरूमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गर्नुभयो। उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैरजिम्मेवारी भएको बताए।

नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरू आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए।

नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरूमाथि पनि प्रश्न गरे। उनले सरकारले राजदूतहरूमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए। कोइरालाले नेपाल टेलिकमको प्रबन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए।

नेता कोइरालाले नेपाली कांग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरू जस्तो जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved