मेलम्चीको पानी आजबाट काठमाडौं झर्ने

नेपालभ्युज

मेलम्चीको पानी आजबाट काठमाडौं झर्ने

काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मंलबारदेखि पुनः पानी पठाइने भएको छ। मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ।

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved