स्थानीय चुनाव : एमाले उम्मेदवार टुङ्गो लगाउँदै, गठबन्धनमा अन्योल

नियमित छलफलमा रहे पनि सत्ता गठबन्धन दलहरुबीच कसले कति पद लिने भन्ने विषयमा सहमति जुटेको छैन।

स्थानीय चुनाव : एमाले उम्मेदवार टुङ्गो लगाउँदै, गठबन्धनमा अन्योल

सुर्खेत। आसन्न स्थानीय चुनावका लागि प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमा उम्मेदवार चयन गरिरहेको छ।

३० वैशाख २०७९ मा हुने चुनावका लागि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ। तर, सत्ता गठबन्धनका दलहरु भने उम्मदवारको विषयमा अन्योलमै रहेका देखिएको छ।

कर्णालीका दैलेख र जाजरकोटमा एमालेले उम्मेदवार छान्न थालेको छ। एमालेले दैलेखको चामुण्डाबिन्द्रासैनीको मेयरमा पूर्वजिविस उपसभापति सुर्यबहादुर शाही सर्वसम्मत रुपमा चयन गरेको नगर समितिकी उपाध्यक्ष तारा शाहीले बताइन्।

त्यस्तै, एमाले भेरी नगर कमिटीले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारहरुको टुङ्गो लगाएको छ। नगरप्रमुख पुनः चन्द्रप्रकाश घर्ती सर्वसम्मत भएका एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले बताए।

यता, नियमित छलफलमा रहे पनि सत्ता गठबन्धन दलहरुबीच कसले कति पद लिने भन्ने विषयमा सहमति जुटेको छैन। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय तहमा आआफ्नो दाबी नछाडेपछि उम्मेदवारको टुुङ्गो लगाउन हम्मेहम्मे परेको छ।

गठबन्धनमा जिल्ला जिल्लामा अहिले पनि छलफल चलिरहेको र जिल्लाको अवस्था हेरेर पार्टीहरुबाट उम्मेदवार छानिने कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved