नेतृत्वबिहीन बन्यो सशस्त्र प्रहरी

एपीएपमा नयाँ नेतृत्व छोटो समयका लागि आउने पक्का रहेको अवस्थामा सरकारले आवश्यक निर्णय नगर्दा संगठन नै नेतृत्वविहीन बन्न पुगेको हो।

नेपालभ्युज

नेतृत्वबिहीन बन्यो सशस्त्र प्रहरी

काठमाडौं। महानिरीक्षकले अनिवार्य अवकास पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ।

चार वर्षे कार्यकाल पूरा गरेका महानिरीक्षक शैलेन्द्र खनाल आज (सोमबार)देखि अवकासमा गएसँगै एपीएफ नेतृत्वविहीन बनेको हो।

निकट भविष्यमा स्थानीय चुनाव हुन गइरहेको अवस्थामा प्रमुख सुरक्षा निकायको रुपमा रहेको एपीएफ नेतृत्वबिहीन भएको हो।

महानिरीक्षक खनालले अवकास पाउने मितिसम्म पनि सरकारले नयाँ महानिरीक्षक नियुक्त गर्न नसक्दा एपीएफ नेतृत्वविहीन बनेको हो।

एपीएपमा नयाँ नेतृत्व छोटो समयका लागि आउने पक्का रहेको अवस्थामा सरकारले आवश्यक निर्णय नगर्दा संगठन नै नेतृत्वविहीन बन्न पुगेको हो।

अवकास पाएका खनालकै ब्याजका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेल अहिले एपीएफको नेतृत्वको दौडमा छन्। उनीहरु दुवैले उमेरहदका कारण १९ वैशाख २०७९ मा अवकास पाउनेछन्।

छोटो समयका लागि नेतृत्व लिएलगत्तै नयाँ महानिरीक्षक अवकासमा जाने भएका अहिलेका डीआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम भावी नेतृत्वको दाबीमा छन्।

उनीहरु तीनमध्ये अर्याल र पौडेल नेपाल प्रहरीबाट २०५४ को चैतमा सशस्त्रमा पुगेका हुन् भने गौतम नेपाली सेनाबाट उनीहरुभन्दा तीन वर्ष अगावै सशस्त्रमा पुगेका थिए।

आगामी १९ वैशाखमै नेपाल प्रहरीको पनि नेतृत्व खाली हुँदैछ। महानिरीक्षक सिफारिस गर्नका लागि लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृहसचिव नेतृत्वमा बढुवा समिति रहेको छ, जसले नयाँ महानिरीक्षका लागि व्यक्तिको सिफारिस गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved