टी ट्वान्टी वरीयतामा नेपालको स्थान सुधार

नेपालभ्युज

टी ट्वान्टी वरीयतामा नेपालको स्थान सुधार

काठमाडौं । आईसीसीको टी ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। १३ औं स्थानमा रहेको नेपाल १२ औं स्थानमा उक्लिएको हो।

पछिल्ला केही टी-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालले देखाएको प्रदर्शनका आधारमा नेपालको स्थान सुधार भएको हो। नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसियाविरुद्ध त्रिकोणात्मक टी-२० सिरिजमा लिग चरणमा चार र फाइनलमा गरी लगातार पाँच खेलमा जित हात पारेको थियो।

नेपालभन्दा एक स्थान माथि जिम्माबे छ भने एक स्थान तल यूएई छ। नेपालले विश्वकप छनोटमा समूह चरणमा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको थियो। यसको शीर्ष वरीयतामा भारत  भने इंग्याल्याण्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा छ।

अफगानिस्तान आठौं स्थानमा रहँदा १० स्थानमा श्रीलंका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved