पर्वतको कुश्मामा रेलमार्ग बन्‍नेछ : ओली

नेपालभ्युज

पर्वतको कुश्मामा रेलमार्ग बन्‍नेछ : ओली
फाइल तस्वीर

पर्वत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा किर्तिमान नै कायम गरेको दाबी गरेका छन्।

उनले केरूङ- काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया शुरू भइसकेको भन्दै कुश्मामा पनि बिस्तारै रेल बन्‍ने बताए। ” यहाँ  रेलमार्ग, सुरुङमार्ग पनि क्रमशः बन्दै जान्छन्,”  पर्वतको कुश्माबजारमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने। उनले रक्सोल-काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया पनि शुरू भइसकेको बताए।

उनले नेपाल अत्यन्तै तीव्रताका साथ विकासको मार्गमा अघि बढेको बताउँदै धरहरा, रानीपोखरी, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, सिँचाइ, घर–घरमा धारा बनिरहेको बताए।

आजै एमाले बागलुङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले बजेट नभएको भन्दै योजना कटौती गर्नबाहेक अरु केही गर्न नसकेको आरोप लगाए। उनले जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको दाबी गरे।

आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार, कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओलीको दाबी थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved