बजारको हल्लाजस्तो अर्थतन्त्र धरासायी भएको छैन : मन्त्री झाँक्री

नेपालभ्युज

बजारको हल्लाजस्तो अर्थतन्त्र धरासायी भएको छैन : मन्त्री झाँक्री

काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बजारमा हल्ला चलेजसरी नेपालको अर्थतन्त्र धरासायी नभएको दाबी गरेकी छिन्।

आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको बताइन्।

मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएकाले त्यसो नगर्न आग्रह गरिन्। उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन। अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन। नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन।”

सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताइन्।

खाडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको उनले बताइन्।

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्नवर्ध्दन गर्नुपर्ने बताइन्। काठमाडौँ विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved