मर्निङ वाकमा निस्केका राईको हात्तीको आक्रमणबाट मृत्यु

घरबाट करीब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो।

नेपालभ्युज

मर्निङ वाकमा निस्केका राईको हात्तीको आक्रमणबाट मृत्यु
सांकेतिक तस्वीर।

मङ्गलबारे। इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।

बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो।

राईको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गबहादुर थापाले बताए।

घरबाट करीब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved