‘गभर्नर हटाएर परमादेशी सरकारले ‘टाउको दुखेको औषधि नाइटोमा’ लगायो’

नेपालभ्युज

‘गभर्नर हटाएर परमादेशी सरकारले ‘टाउको दुखेको औषधि नाइटोमा’ लगायो’

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकाले निलम्बन गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु रिमाले व्यंग्य गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्मालाई तस्करीको लाइन खुलाएको आरोप लगाउँदै उनले अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्नेमा अर्थतन्त्रलाई सुधार गरिरहेका गभर्नरलाई हटाउनु ‘टाउको दुःखेको औषधि नाइटोमा लगाउनु’ भनेजस्तै भएको टिप्पणी गरेका छन्।

साथै सरकारको यो निर्णयले देशलाई श्रीलंकाको बाटोमा लैजाने पनि उनले चेतावनी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved