कांग्रेस, एमाले र माओवादीलाई भोट दिनु देश बर्बाद बनाउनु हो : लिङ्देन

नेपालभ्युज

कांग्रेस, एमाले र माओवादीलाई भोट दिनु देश बर्बाद बनाउनु हो : लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्। शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभामा उनले स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई भोट दिनु गम्भीर गल्ती हुने बताए।

पटक-पटक मौका पाउँदा पनि काम नगरेको भन्दै फेरि तिनै पार्टीलाई मत दिनु देश बिगार्ने काममा आफू पनि सहभागी हुनु भएको उनको भनाइ थियो।

‘‘पटक-पटक मौका पाउँदा पनि जनताले सम्झनेगरी एउटा कुरा छोडेर जान सक्दैन, जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरि साथ दिइराख्नु देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो,” उनले भने, ‘‘अब कांग्रेस, एमाले, माओवादीलाई कति हेरेपछि यो देश बन्छ त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ?”

अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु देश बर्बाद गर्ने काममा सहभागी हुनु भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved