कमल थापाले कार्यकर्तालाई भने, ‘सूर्य चिन्ह लिएर एमालेसँग तालमेल गर्नुस्’

अध्यक्ष थापाले हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहको पनि माग गरेका छन्।

नेपालभ्युज

कमल थापाले कार्यकर्तालाई भने, ‘सूर्य चिन्ह लिएर एमालेसँग तालमेल गर्नुस्’
फाइल तस्वीर

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा तालमेल गर्नका लागि नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

अध्यक्ष थापाले सहकार्य गर्ने विषयमा एमालेसँग प्रारम्भिक कुराकानी भइसकेको पनि बताएका छन्। उनले स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूलाई एमालेसँग मिल्न र तालमेल गरेर अघि बढ्न आग्रह गरे।

स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिक गर्दै थापाले स्थानीय तहको निर्वाचनमा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुने इच्छा व्यक्त गरेका हुन्। उनले तालमेल हुँदा पार्टीको धारणा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने भएको बताए।

सोही कार्यक्रममा अध्यक्ष थापाले हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहको पनि माग गरेका छन्। उनले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने अथवा उक्त विषयमा आगामी संसदीय निर्वाचनसँगै जनमत संग्रह गर्न पनि माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved