नसर्ने रोगविरुद्ध बहुपक्षीय सहकार्य हुनुपर्छ : मन्त्री खतिवडा

नेपालभ्युज

नसर्ने रोगविरुद्ध बहुपक्षीय सहकार्य हुनुपर्छ : मन्त्री खतिवडा

काठमाडौं। नसर्ने रोगहरूबाट उत्पन्न परिस्थितिलाइ सम्बोधन गर्न बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणको लागि बहुक्षेत्रीय कार्ययोजना सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खतिवडाले यसको नियन्त्रण तथा रोकथामका लागि तीनै तहबीच समन्वय हुनुपर्ने बताए।

जलवायु परिवर्तन, निष्क्रिय जीवनशैली, अस्वस्थ्यकर खानपान लगायतका कारण नसर्ने रोग दिनानुदिन बढ्दै गएकाले सको कार्यान्वायनका लागि सबै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेको उनले बताए। गत माघमा स्वीकृत भएको बहुक्षेत्रीय कार्ययोजना ९२०७८–८२० नसर्ने रोगको व्यवस्थापन तथा मानसिक स्वास्यको अवस्थामा सुधार ल्याउन बलियो आधार भएकाले नसर्ने रोगविरुद्ध प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved