प्रहरी हिरासतभित्रै घाँटी रेटेर आत्महत्या प्रयास

चोरी अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक अभियुक्तले हिरासतभित्रै आत्महत्या प्रयास गरेका छन्।

नेपालभ्युज

प्रहरी हिरासतभित्रै घाँटी रेटेर आत्महत्या प्रयास

काठमाडौं। चोरी अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक अभियुक्तले हिरासतभित्रै आत्महत्या प्रयास गरेका छन्।

हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन्। घाइते नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनी तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा थिए। बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तार चोरी भएको उजुरीका आधारमा प्रहरीले नेपालीलाई तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

शनिबार पक्राउ परेका नेपालीले सोमबार दिउँसो घाँटी रेटेर आत्महत्या गर्न खोजेको देखेपछि अस्पताल पुराएको प्रहरीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved