‘फ्रेन्चाइज शो’ प्रसारणको लागि पूर्वस्वीकृति लिनुपर्ने

नेपाली टेलिभिजन च्यानलहरूमा अब विदेशी कार्यक्रम प्रसारण गर्नुअघि सरकारको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

नेपालभ्युज

‘फ्रेन्चाइज शो’ प्रसारणको लागि पूर्वस्वीकृति लिनुपर्ने

काठमाडौं। नेपाली टेलिभिजन च्यानलहरूमा अब विदेशी कार्यक्रम प्रसारण गर्नुअघि सरकारको पूर्वस्वीकृति अनिवार्य गरिएको छ। राष्ट्रिय प्रसारण नियमावली २०५६ लाई एघारौँ पटक गरिएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै हालै राजपत्रमा प्रकाशित भएसंगै यो व्यवस्था आएको हो।

यसअघि विदेशी कार्यक्रम र विभिन्न नामका फ्रेञ्चाइज शो निर्बाध प्रसारण हुँदै आएका थियो। अब भने पूर्वस्वीकृति अनिवार्य गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रसारण नियमावली २०५६ लाई एघारौँ पटक गरिएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै हालै राजपत्रमा प्रकाशित भएको छ। जसको मूल नियमावलीमा नियम ५ (ग) थप गरेकोमा उल्लेख छ, ‘कसैले नेपालभित्रको अनुमति प्राप्त टेलिभिजनबाट कुनै विदेशी कार्यक्रम प्रसारण गर्न वा विदेशी कार्यक्रमको प्रसारण अधिकार लिई नेपाल भित्र प्रसारण गर्न चाहेमा मन्त्रालयबाट स्वीकृति लिनु पर्नेछ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) को लागि स्वीकृति लिनु पर्ने व्यवस्था नियमावलीमा थप भएको मन्त्रालयका उपसचिव अनुप नेपालले जानकारी दिए।

मन्त्रालयका अनुसार फ्रेन्चाइज सो प्रसारण पूर्व स्वीकृति लिनको लागि दस्तुर सहित नियमावलीमा तोकिएकै ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved