रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी

नेपालभ्युज

रूसी ग्यास कटौती तत्काल असम्भव : जर्मनी

एजेन्सी। यूरोपले रूसी ग्यास आयातमा तत्कालै कटौती गर्नु प्रत्युत्पादक हुने जर्मनीले जनाएको छ। जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले रूसी ग्यास आयातमा कटौती गर्न तत्काल सम्भव नभएको बताएका हुन्।

इन्धन कटौतीले रूसभन्दा पनि यसले बढी हानी यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताए।

लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने “हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ । तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन ।” उनले भने, “यसका लागि हामीलाई थप केही समय चाहिन्छ।”

रूसले युक्रेनमा हमला गरेयता पश्चिमा मुलुकले उसमाथि आर्थिक प्रतिन्ध लगाइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved