एमालेले चुनाव जिते मुलुकमा राम्रो दिनको शुरुआत हुन्छ: ओली

उनले भने, ‘‘अब कोभिड पनि समाप्त हुँदैछ। स्थानीय तह निर्वाचनमा एमालेले चुनाव जित्छ र राम्रा दिन शुरु हुन्छन्। पछिको निर्वाचनबाट एमालेको सरकार बनेर झ्याप्पै राम्रा दिन आउँछन्।’’

नेपालभ्युज

एमालेले चुनाव जिते मुलुकमा राम्रो दिनको शुरुआत हुन्छ: ओली
फाइल तस्वीर

काठमाडौं।  प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेले चुनाव जित्ने र मुलुकमा राम्रो दिनको शुरुआत हुने बताएका छन्। नेपाल निर्यात उद्योग व्यवसायी महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले संघीय संसदको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने र पूरै राम्रो दिन आउने बताए।

ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गरे। कोभिड पनि समाप्त हुने चरणमा पुगेको भन्दै उनले व्यवसायीका लागि पनि अबका दिन राम्रा हुने उनको भनाइ थियो।

उनले भने, ‘‘अब कोभिड पनि समाप्त हुँदैछ। स्थानीय तह निर्वाचनमा एमालेले चुनाव जित्छ र राम्रा दिन शुरु हुन्छन्। पछिको निर्वाचनबाट एमालेको सरकार बनेर झ्याप्पै राम्रा दिन आउँछन्।’’

यसैगरी उनले स्वदेशी वस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरूलाई आग्रह गरे।  अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि उनको भनाइ थियो।

ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved