नेप्से परिसूचक तीन महीनायताकै तल्लो बिन्दुमा, कारोबार पनि घट्यो

आज १४ ओटै उपसमूहको शेयरमा गिरावट आएकोमा कारोबार रकम पनि घटेको छ।

नेपालभ्युज

काठमाडौं। शेयर बजार तीन महीनायताकै न्यून बिन्दूमा पुगेको छ।

गत ६ पुसमा दुई हजार ४१५ बिन्दुमा पुगेको नेप्से परिसूचक बढ्दै गई तीन हजारको लाइनमा पुगेको थियो। तर त्यसपछि पुन: घट्दै गएको नेप्से परिसूचक सोमबार २५ सय बिन्दुमुनि पुगेको छ।

यस दिन १४ दशमलव ८८ अंकले घटेर दुई हजार ४९८ दशमलव ५६ बिन्दुमा झरेर बन्द भएको छ।

आज १४ ओटै उपसमूहको शेयरमा गिरावट आएकोमा कारोबार रकम पनि घटेको छ। साताको दोस्रो कारोबार दिन सोमबार १ अर्ब ५८ करोड रुपैयाँको ३४ लाख २९ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved